सुनकोशी किनारमा पहिचान नखुलेको पुरुषको शव फेला

Jantedhunga

खोटाङ, कार्तिक १४ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित राइघाटमा सुनकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

नदी किनारमा नाम, थर र ठेगाना नखुलेको अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो। प्रारम्भिक विवरणअनुसार मृतकको हुलिया मंगोलियन अनुहार भएको पुरुषको रहेको बताइएको छ।

शव फेला परेको सूचना प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी चौकी हलेसीबाट प्रहरी निरीक्षक आकाश उप्रेतीको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवको पहिचान खुलाउने तथा घटनाबारे थप अनुसन्धान गर्ने तयारी गरेको छ।

हालसम्म मृतकको पहिचान, मृत्युको कारण र घटनाको परिस्थितिबारे थप विवरण सार्वजनिक भएको छैन।

Jantedhunga
प्रतिक्रिया