खोटाङ । जन्तेढुंगा गाउँपालिका द्वारा चिसापानी माविमा आयोजित दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको क्रममा शताब्दी पुरुष शिक्षासेवी डम्बरसिंह सुप्तिहाङलाई सम्मानित लाई गरिएको छ ।
जन्तेढुंगा गाउँपालिका ५, वाचिपाला निवासी सुप्तिहाङ तत्कालीन चिसापानी प्राविका संस्थापक शिक्षक हुन् ।
२०२० सालमा चिसापानी प्राबिको औपचारिक स्थापना पूर्व २०१५ साल देखि नै सुप्तिहाङले गाउँ घरका युवा तथा बालबालिकाहरु लाई अनौपचारिक रूपमा शिक्षा दिदै आएका थिए ।
तत्कालीन चिसापानी प्रावि हाल जन्तेढुंगा गाउँपालिकाकै एकमात्र प्राविधिक धार सहित बाह्र कक्षा सम्म संचालित सबैभन्दा ठूलो विद्यालयको रुपमा रहेको छ ।
भर्खरै आफ्नो १०० औ जन्मोत्सव मनाएका शिक्षासेवी सुप्तिहाङ लाई उनले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य रामकुमार राई पासाङ र पूर्व राज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता शिवकुमार बस्नेतले नगद २५ हजार रुपैया र सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो