अवैध रूपमा नेपाली युवाहरूलाई रुसी सेनामा भर्तीको लागि पठाउने १२ जना पक्राउ

Jantedhunga

काठमाडौँ । नेपाली युवालाई अवैध रूपमा रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले  महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।यस्तै गरि  गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, पक्राउ परेकाहरूले सामाजिक सञ्जाल मार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेका थिए । त्यसरी सम्पर्कमा आएका व्यक्तिहरूसँग रकम असुली गरेर उनीहरूले भिजिट भिसामा  युएई हुँदै रुससम्म लैजाने गरेको पाइएको छ ।पक्राउ परेकाहरू माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Jantedhunga
प्रतिक्रिया