क्रिकेटर लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

Jantedhunga

जन्तेढुंगा संवाददाता

काठमाडौं ।  नेपाल क्रिकेट संघ ९क्यान०ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो ।

२० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ कात्तिकमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो । २९ कात्तिकमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

Jantedhunga
प्रतिक्रिया