खोटाङ १६ भदौ ।
गायिका रश्मि राईको आवाजमा भदौ १४ गते बिहिवार जनाइ पूर्णिमाको दिन नयाँ नेपाली गित "बिसाउने चौतारी" सार्वजनिक भएको छ ।
सौगात सामी लिम्बु संग संयुक्त आवाजमा रहेको उक्त गितको शब्द संकलन पनि लिम्बुकै हो भने संगीत प्रियजन राई र एरेन्ज राजु कार्कीको रहेको छ ।
नेपाली सांगीतिक आकाशका एक चम्किला तारा गायक राजेश पायाल राई " Rai is king" संग पनि संयुक्त आवाज दिइसक्नु भएकी रश्मिले पाँच वर्ष लामो सांगीतिक यात्राको क्रममा करिब २०० सय भन्दा बढी गितहरु गाइसक्नु भएको छ ।
उहाँले नेपाली भाषाका अतिरिक्त अन्य नेपालका विभिन्न जातजातिहरुको भाषाहरुमा समेत आफ्नो आवाज दिइसक्नु भएको छ ।
खोटाङको जन्तेढुंगा गाउँ पालिका ४, स्थित चुम्लुङमा जन्मनु भएकी गायिका राईको कोहि पनि आफ्नै दाजुभाइ हुनुहुन्न, बुबा प्रसाद राई र आमा धनकुमारी राईकि चारजना छोरीहरु मध्ये उहाँ जेठी छोरी हुनुहुन्छ ।
गायिका राईको तिम्रो नयन, भञ्ज्याङ् खर्क, बिनायो मुर्चुङगा, माया साट्दै, गाउँ घरै, ओ लुंगा सेवारो सेवारो जस्ता बोलका गितहरु नेपाली सांगीतिक बजारमा उपलब्ध रहेका छन् ।
उहाँले आफ्नै जन्मभूमि वरिपरिका भूगोलको शब्दहरु समेटिएका भञ्ज्याङ् खर्क बोलको गित गाए संगै गाउँ ठाउँमा विशेष चर्चा पाउनुका साथै लोकप्रियता प्राप्त गर्न सफल हुनु भएको छ ।
प्रस्तुत छ भञ्ज्याङ् खर्क बोलका शब्दहरु:-
भञ्ज्याङ् खर्क डाँडै डाँडा हावा चल्यो सुसाउदै मेरी माया बस्या होलिन मनको भारी बिसाउदै
ए कुइभिर बजारमा....
रोजेको मैले हो हजार हजारमा...
सेल्मे र टेम्के डाँडै काटी पामाखाममा भेटौंला नाग छागा झर्ना झरेर हजुर तिर्सना मेटौंला
हे लिकुवा पोखरी...
रोजेछौ हजुरले भेटौ कसरी...
जन्तेढुंगा आउला नि प्यारी खोटाङको शिरै शिर
पामाखाममा भेटी घुमाउला सानू त्यो गोल्मे भिरै भिरै
ए कुइभिर बजारमा.....
रोजेको तिमिलाई हजार हजारमा...
भरौंला हजुर खोटेहाङ बजार चिसापानी घुमौला
बराहपोखरी दर्शनै गरि आफ्नै गाउँ पुगौला
हे सावा दोभान....
एकै साथ बिताउने बाकी जोभान...
सानै देखि गित संगीतमा रुचि राख्ने रश्मिले यस क्षेत्रमा आफूले शुरुका दिनहरुमा धेरै चुनौतीहरुको सामना गर्नु परेको बताउनु भएको छ । आफूलाई रुचि भएको तर चिने जानेको आफन्तहरु यस क्षेत्रमा नहुनु भएकोले यस्तो समस्या भएको रहेछ भन्ने अहिले महसुस भएको उहाँले बताउनु भएको छ ।
हामी संगको कुराकानीका क्रममा थप कुरा उहाँले भन्नु भयो 'अब भने आफू जीवनका बाँकी दिनहरु यस क्षेत्रमै रहेर अगाडि बढ्ने कोसिसमा रहेको छु अब हेरौं के हुन्छ' ।
गायिका रश्मि राईलाई आगामी दिनहरुमा नेपाली सांगीतिक क्षेत्रको यात्रामा आकाश जस्तै फराकिलो सफलता मिल्दै जाउन हाम्रो तर्फबाट पनि हार्दिक शुभकामना ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो