खोटाङको खोटेहाङ गाउँपालिकाले आफ्नो गाउँपालिका अन्तर्गतका स्थानीय कृर्षि उत्पादनहरुलाई लक्षित गरि "देखे पछि बिश्वास बढ्छ" भन्ने नारा सहित कृर्षि प्रर्दशनी मेला आयोजना गर्ने भएको छ।
आगामी मंसिर २० र २१ गते आयोजना गरिने प्रर्दशनी मेलामा विभिन्न बिद्याका उत्पादित स्थानीय कृर्षि उपज तथा पंशुपक्षिहरु सहित गाउँपालिका भित्रका कृषकहरु प्रर्दशनी मेलामा सहभागी हुन सकिने गाउँपालिकाले सुचना मार्फत जानकारी गराएको छ।
सुचना अनुसार कृर्षि उपज अन्तर्गत अलैंची, किवि, एभोकाडो, कागती, सुन्तला, केरा, काउली, वन्दा, फर्सी, टमाटर, आलु, रायोको साग, मुला र पशुपंक्षी अन्तर्गत स्थानीय तथा उन्नत जातको खसी, स्थानीय जातको कुखुराको भाले, माछा र मौरीको मह प्रर्दशन गर्न सकिने उल्लेख गरिएको छ।
प्रत्येक वडाबाट कृर्षि उपज अन्तर्गत बढिमा १० र पशुपंक्षी अन्तर्गत बढीमा ६ वटा मात्र सहभागी हुन पाउने जनाइएको छ। साथै प्रर्दशनीमा उत्कृष्ट उत्पादन प्रदर्शन गर्ने कृषकहरुलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिने गाउँपालिकाले बताएको छ। उत्कृष्ट खसी अन्तर्गत प्रथम, द्दितीय र तृतियलाई क्रमश : रु. १० हजार, ७ हजार र ५ हजार यसैगरी अन्य सबै उत्कृष्ट कृर्षि उपज तथा पशुपंक्षीहरुलाई क्रमश : रु. ५ हजार, ३ हजार र २ हजार नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गर्ने भएको छ।
साथै कृर्षि प्रर्दशनीमा सहभागी सबै कृषकहरुलाई यातायात खर्च स्वरुप प्रोत्साहन पुरस्कार समेत गाउँपालिकाले बितरण गर्ने भएको छ। वडा नं. १,२,३,५,६,८ र ९ बाट सहभागीहरु लाई रु. २ हजार तथा वडा नं. ७ र ९ को सहभागीहरुलाई रु. १ हजार नगद प्रोत्साहन पुरस्कार बितरण गर्ने भएको हो।
मंसिर २० गते कृर्षि उपज र २१ गते पशुपंक्षी प्रर्दशनी खोटेहाङ गाउँपालिका वडा नं. ७ खोटाङ बजार अन्तर्गत टुडिखेल खेल मैदानमा हुने जानकारी गराइएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो