गुण्डुमा एमाले सचिवालय बैठक सुरु

Jantedhunga

काठमाडौं, जेठ ४ गते । नेकपा (एमाले) को सचिवालय बैठक सुरुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु भक्तपुरमा बैठक सुरु भएको अध्यक्षको सचिवालयले जनाएको छ । नेतृत्व परिवर्तन र जिम्मेवारीको बहस पार्टीभित्र चलिरहेका बेला बसेको सचिवालय बैठकले ठोस निर्णय गर्ने बुझाइ एमालेजनको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको पहिलो सचिवालय बैठकले नेताहरुको जिम्मेवारीबारेमा निर्णय गर्ने बताइएको छ । निर्वाचन परिणामबारे एमालेको केन्द्रीय स्तरमा अझै समीक्षा सुरु हुन सकेको छैन । एमालेले महाधिवेशनपछि नेताहरुको जिम्मेवारी पनि तोक्न बाँकी छ । सो बारेमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयका सदस्यहरुको भनाइ छ । 

Jantedhunga
प्रतिक्रिया