फाल्गुन २२ बिराटनगर। मोरङको पथरीशनिश्चरे-७ मा सोमबार राति भएको हत्याको कारण प्रेम समन्ध भएको खुलेको छ।१५ वर्षीया किशोरीले आफू संग विवाह गर्न अस्विकार गरेपछि ३८ वर्षीय प्रेमीले विभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
१५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेकोमा उनले अपराध स्वीकार गरेका छन् ।
आरोपी आफूभन्दा धेरै उमेरले कान्छी किशोरीसँग डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका स्थायी वासिन्दा हुन् ।
हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेकी छन् । सामाजिक सन्जालमार्फत चौधरीको ज्ञानमतिसँग चिनजान भएको प्रहरी अनुसन्धानले देखाएको छ। पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन् । स्थानीय विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन् । सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो