खैरो हिरोईन सहित एकजना पक्राउ

Jantedhunga

इनरुवा । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा - ४ आन्द्रमोड बाट लागु औषध  खैरो हिरोईन सहित प्रहरीले  एकजनालाई  पक्राउ गरेको छ।                                प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्थानीय रुद्र बहादुर थापाको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६९ मिलिग्राम फेला पारी  उक्त लागू औषध र  को ३९ प ८५९२ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरी को अन्वेषण तथा योजना शाखाले जानकारी दिएको छ।                                            पक्राउ परेका थापालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ।

Jantedhunga
प्रतिक्रिया