कर्णाली प्रदेशका प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

Jantedhunga

कर्णाली, २८ असार : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाले पारित गरेका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । 

प्रदेश प्रमुख परियारले ‘आर्थिक वर्ष २०८१÷८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने एवं सो रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको हो । 

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम बिहीबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

Jantedhunga
प्रतिक्रिया