न्युज लाइन्स नेपालको आठौं बार्षिकोत्सब सम्पन्न

Jantedhunga

काठमाडौँ। न्यूज लाईन्स् नेपालको आठौं बार्षिकउत्सव कार्यक्रममा बोल्दै  परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रजातन्त्र स्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन।

न्यूज लाईन्स मिडिया प्रालिको आठौँ वार्षिकोत्सवका अवसरमा आज  आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै साउदले २०४७ सालपछि  नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए ।

प्रजातन्त्र स्थापनापछि नेपाली पत्रकारिता क्षेत्र संस्थागत भएको र प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौँथो अङ्गका रुपमा मान्यता दिनु नेपाली सञ्चार क्षेत्रको लागि खुशीको कुरा भएको   परराष्ट्रमन्त्री साउदको भनाइ थियो ।

संविधानको विरोध गर्ने र दल खोलेर दलीय व्यवस्थाको विरोध गर्ने अधिकार कोही कसैलाई नभएको भन्दै  गाजा क्षेत्रमा अपहरण परेका विपीन जोशीलाई नेपाल फर्काउन सरकारले पहल गरिरहेको बताएका छन।

नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताए ।  मुलुकलाई सहि दिशामा   लैजानका लागि एउटा मन्त्रीले मात्र  चाहेर नहुने र, पुरै टिम लाग्नुपर्ने उनको भनाइ थियो। राज्य सञ्चालनमा परिवर्तन गर्न जरुरी रहेको खापुङको भनाइ थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको एजेण्डा नेपाली सञ्चार माध्यमले बोक्नुपर्ने बताए । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले विदेशिएका नेपालीको पीडालाई नेपाली सञ्चार माध्यामले गहन ढङ्गले बोकेको भन्दै आभार व्यक्त गरे।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले दैनिक हजारौँ युवाहरु मुलुकबाट बाहिरीएको भन्दै त्यसलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। शिक्षाविद् हरिसिंह केसीले नेपाली मिडियालाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरे।

न्यूज लाईन्स मिडियाका सल्लाहकार एवम् समाजसेवी रामप्रसाद न्यौपानेले मुलुकको विकासका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चारकर्मीलाई सकारात्मक पक्षमा कलम चलाउन आग्रह गरेका थिए।मिडियाकी अध्यक्ष रिता ढकाल भट्टको अध्यक्षतामा भएको कार्यक्रममा  समाजका विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको थियो ।

Jantedhunga
प्रतिक्रिया