काठमाडौं । सहकारी ठगी प्रकरणमा बयानका निम्ति पोखराबाट झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेलाई बिहीबार बयानका निम्ति पोखराबाट काठमाडौं ल्याइएको थियो । भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो । त्यही बिहानबाट बयान शुरू भयो । आज दोस्रो दिनको बयान चलिरहेको छ, तर सकिने सम्भावना छैन ।
‘आज नसकिने नै भयो, भोलिचाहिँ छिट्टै सिध्याएर पठाउँछौं’, काठमाडौं सरकारी वकिल कार्यालयका एक न्यायाधिवक्ताले बहने । सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज पनि नसकिएको हो ।
भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने प्रहरीले जनाएको छ ।
Jantedhunga
sunday 01 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो