प्राध्यापक दासको प्रथम स्मृति सभा सम्पन्न ।

Jantedhunga

कार्तिक ३०, विराटनगर ।

प्राध्यापक दासको प्रथम स्मृति सभा सम्पन्न भएको छ । 

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका निवर्तमान संयोजक अखिलेश्वर लाल दासको प्रथम स्मृति सभा नेपाल राष्ट्रिय प्राध्यापक संगठन प्रदेश समितिको आयोजनामा विराटनगरमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोख्रेलको प्रमुख आतिथ्यतामा भएको स्मृति सभामा विभिन्न क्याम्पसबाट प्राध्यापकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

स्मृति सभाका प्रमुख अतिथि पोख्रेलले दिवङ्गत प्राध्यापक अखिलेश्वर लाल दासले समकालीन नेपाली राजनीतिक तथा समाजको आमूल परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको चर्चा गर्दै उहाँबाट वयतिक स्वार्थलाई त्यागेर सामुहिक हित तथा समाजका निम्ति सदैव समर्पित हुने प्रेरणा लिनुपर्ने उल्लेख गरेका थिए ।                                                              स्मृति सभाका विशिष्ट अतिथि लेखक तथा राजनीतिक विश्लेषक प्रा.डा. कृष्ण पोख्रेलले दिवङ्गत प्राध्यापक दासबाट अहिलेको उपभोक्तावादी राजनीतिक परिवेशमा त्याग तथा सरलता जस्ता गुणहरू अनुकरण गर्नुपर्ने विचार व्यक्त गरे ।                 स्मृति सभामा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री विश्वनाथ शाह, नेपाली काङ्ग्रेसका केन्द्री सदस्य माननीय अमृत अर्याल, बाम विश्लेषक रामरिजन यादव, नेकपा एकीकृत समाजवादीका पोलिट व्यूरो सदस्य महेश रेग्मी, बुद्दिजीवी दीपक लोहनी, राधीका ओझा लगायतका वक्ताहरूले दिवङ्गत प्राध्यापक अखिलेश्वर लाल दासको योगदान तथा जीवनका उत्तारचडावको बारेमा विमर्श गरेका थिए ।

स्मृति सभा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्रदेश सह-सचिव विष्णु पुमा राईको सञ्चालन तथा संगठनका प्रदेश अध्यक्ष ढकबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Jantedhunga
प्रतिक्रिया