संखुवासभा।संखुवासभाको सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
सिलिचोङ–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
डिएसपी बस्नेतका अनुसार साथीहरूसँग भीरमा चढेर भीर मौरीको मह काढ्ने क्रममा १ सय ५० मिटर अग्लो भीरबाट खसेर राईको घटना स्थलमै मृत्यु भएको हो।
त्यस्तै, मकालु गाउँपालिका–२ सेदुवामा कासुवा खोला हाइड्रो पावरको ट्याक खोल्ने क्रममा एस्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३० वर्षीय सुरवीर राई रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आज दिउँसो साढे १० बजे कासुवा खोला जलविद्युत आयोजनाका लागि बाटो खन्ने क्रममा स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Jantedhunga
monday 18 nov 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो