खोटाङ बजार। ईलाका प्रशासन कार्यालय खोटाङ बजारको संयोजकत्वमा जिलाको दक्षिणी क्षेत्रको मुख्य व्यापारिक केन्द्र खोटेहाङ गाउँपालिका -७ स्थित खोटाङ बजार अनुगमन गरिएको छ। ईलाका प्रशासन कार्यालय सहित खोटेहाङ गाउँपालिका, इलाका प्रहरी कार्यालय खोटाङबजार, उद्योग वाणिज्य संघ खोटाङबजारका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको सहभागितामा बजार अनुगमन गरिएको हो। बजार अनुगमनका क्रममा २९ हजार ८ सय बराबरको बराबरको म्याद गुज्रिएको विभिन्न सामान जफत गरि नस्ट गरिएको थियो। यसैबीच ईलाका प्रशासन कार्यालय खोटाङले अनुगमनका क्रममा विभिन्न क्षेत्र बाट सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै, म्याद गुज्रिएको, गुणस्तरहीन सामाग्रीहरु बिक्रीवितरण नगर्न व्यवसायी हरुलाई अनुरोध गरेको छ। औषधि तथा दैनिक उपभोग्य सामाग्री खरिद गर्दा,उत्पादन भएको मिति, उपभोग गर्न मिल्ने म्याद, र अधिकतम बिक्री मुल्य लगायत विवरण हेरेर मात्रै खरिद गर्न ईलाका प्रशासन ले आम उपभोक्तालाई समेत आग्रह गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो