दिप्रुङ चुइचुम्मा गाउँपालिकामा खुलेकै दिन १० बिद्यालय अनुगमन २८ शिक्षक अनुपस्थित।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको शिक्षा शाखाको कार्यालयले एक महिने चाडपर्व तथा हिँउदे बिदा पश्चात बिध्यालय खुलेकै दिन आफ्नो गाउँपालिका अन्तर्गतका १० बिध्यालय को अनुगमन गरेको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दशैँ, तिहार,छठ पर्व र हिउंदे बिदालाई समेत समायोजन गरि यस अघिको चाडपर्व बिदा अब्यबहारिक भएको भन्दै दशैँ - तिहारको विचमा छोटो समय बिध्यालय खुल्दा स्थानीय शिक्षक, बिध्यार्थीको ध्यान चाडपर्व तिरै जाने तथा टाढाका शिक्षक, कर्मचारीहरुले बिदा लिदा बिध्यालयहरुमा शिक्षक, बिध्यार्थीको न्यून उपस्थिति भइ पठपाठन प्रभावित हुने भएकाले एकमुष्टमा दशैँ देखि छटसम्म कार्तिक ३ गते देखि मंसिर ३ गतेसम्म एक महिना सामुदायिक बिध्यालयहरुलाई बिदा दिने निर्णय गरेको थियो।

मंसिर ३ गते सम्मको एक महिनाको बिदा पश्चात ४ गते कोशी प्रदेश सरकारले छठ पर्वको अबसरमा थप एक दिन सार्वजनिक बिदा दिएपछि आज मंसिर ५ गतेबाट साबिकै समयमा नियमित पठनपाठन हुने गरि बिध्यालयहरु खुलेको हो। लामो समयपछी बिध्यालय खुलेकाले शिक्षक, बिध्यार्थी तथा बिध्यालयहरुको समग्र अबस्थाबारे जानकारी लिन र शिक्षक, बिध्यार्थीको नियमिततासंगै बिध्यालयहरुलाई थप पृष्ठपोषण प्रदान गर्न भन्दै शिक्षा शाखाले बिध्यालय खुलेकै दिन बिध्यालय अनुगमन गरेको छ।

सबै बिध्यालयहरुमा बिद्यालय खुलेकै दिन अनुगमन गर्ने योजना भएको तर शिक्षा शाखामा कार्यरत दुई जना बिध्यालय निरीक्षकमध्ये एकजना बिध्यालय निरिक्षक तुलसी खड्का आफ्नो बुवाको किरिया बिदामा बसेको र आफू कार्यालयको काममा बिराटनगर जानू परेकाले १० बिध्यालयको अनुगमन गरिएको शिक्षा शाखा संयोजक मणि कुमार गिरीले बताए। साथै सबै बिध्यालयहरुमा समय ब्यबस्थापन गरि अनुगमन गरिने समेत संयोजक गिरिले जानकारी दिए।

यस अघि बिध्यालय बिदा हुने समय र बिध्यालय खुलेको केही समय शिक्षकहरु अनुपस्थित हुने र पठनपाठन प्रभावित हुँदै आएकाले एक महिना लामो बिदामा बिध्यालय खुल्न अगावै विशेष परिस्थिति बाहेक सबै शिक्षक, कर्मचारीहरु बिध्यालय खुलेकै दिन उपस्थित भई नियमित पठनपाठन संचालन गर्न प्रधानाध्यापक मार्फत सबै बिध्यालयहरुलाई सल्लाह दिएको बिध्यालय निरीक्षक रणशेर तामाङले बताए। 

अनुगमनको क्रममा सरस्वती मा.बि. डांडाखर्क, पंचकन्या आ.बि. वातिखुम, सरस्वती मा.बि. कुलागाउँ, राम्चे निकेतन मा.बि. इजारा, सहकला आ.बि. वालिङ्खा, जनता मा.बि. बतासे, शान्ती मा.बि. छोरम्बु, याङ्सोला मा.बि. याङ्सोला र शान्ती निकेतन मिना कर्ण मा.बि. सापातेल गरि दस बिध्यालय अनुगमन गरिएकोमा २८ शिक्षक अनुपस्थित रहेको जस अनुसार बिदा स्वीकृत गरि दुइजना बिरामी बिदा, दुई जना सुत्केरी बिदा, एक जना सुत्केरी स्याहार बिदामा र केही मौखिक जानकारीमा अनुपस्थित रहेको र अन्य बाँकि अधिकांस बिना जानकारी र ७ जना शिक्षक भने बिदा अघि र पछि हाजिर नभएको भेटिएको बिध्यालय निरीक्षक तामाङले जानकारी दिए। साथै अनुपस्थित शिक्षकहरुलाई यथासिघ्र उपस्थित हुन जानकारी गराउन सम्बन्धित प्र.अ. हरुलाई सल्लाह दिएको र बिना जानकारी तथा बिदा अघि र पछि अनुपस्थित हुने शिक्षकहरुको भने प्र.अ.को समन्वयमा शिक्षा शाखाले आबश्यक निर्णय गर्ने तामाङले बताए।

बिध्यालय खुलेकै दिन सबै बिध्यालयहरुमा अनुगमन गरि प्रतिबेदन पेश गर्न शिक्षा शाखालाई निर्देशन दिइएको र अनुगमन पश्चात प्रतिबेदनको आधारमा शैक्षिक गुणस्तर सुधारको लागि आबश्यक निर्णय गरिने गाउँपालिका अध्यक्ष लोकेन्द्र राई बताउनु भयो। अध्यक्ष राई निर्वाचित भए पश्चात क्षिक्षालाई बार्षिक बजेट र नीति कार्यक्रममा प्राथमिकता दिदै शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रयासहरु भइरहेका छ्न। 

अध्यक्ष राईले पदभार ग्रहण गरेकै दिन सामुदायिक बिध्यालयहरुको धुले युगको अन्त्य गर्ने भन्दै आफ्नो गाउँपालिका भित्रका सबै बिध्यालयहरुको कक्षाकोठाहरुलाई धुलो रहित बनाउने पहिलो निर्णय गर्नु भएको थियो। घोषणा गरेको पहिलो बर्षमै ९० प्रतिशत भन्दा माथी बिध्यालयहरुका कक्षा कोठा धुलोरहित भइ सकेका छन। यस बर्ष सबै बिध्यालयहरुका कक्षाकोठा धुलोरहित हुने गरि बजेट ब्यबस्था गरिएको र यसै आ.व. २०८०/०८१ भित्रै धुलो रहित कक्षाकोठा सहितको गाउँपालिका घोषणा गर्ने तथा आगामी ५ बर्ष भित्र बिध्यालयमा घेराबारा, स्वच्छ खानेपानी, ब्यबस्थित सौचालय, बिज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, विषयगत शिक्षक दरबन्दीको ब्यबस्था, आबसीय बिध्यालय सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने बिध्यालयहरुको बिकाश र ब्यबस्थापन गरिने समेत अध्यक्ष राईले जानकारी दिनु भयो। 

शैक्षिक सुधारका लागि एक पछि अर्को काम गरिरहेको यस गाउँपालिकाले आबसीय बिध्यालयको अबधारणा, कृषि प्राबिधिक कक्षा संचालन, स्वंयमसेवक शिक्षक ब्यबस्थापन, शिक्षक दरबन्दी मिलान, बिध्यार्थी न्यून भएका बिध्यालयको कक्षा घटौती, धुलो रहित कक्षाकोठा निर्माण, भौतिक निर्माण, जिर्ण भवनको मर्मत तथा सुधार, आइसिटी उपकरण बितरण, अनुगमन तथा निरीक्षणका लागि स्रोतकेन्द्रको अबधारणा अन्तर्गत दुई बिध्यालय निरीक्षकको ब्यबस्था, एस.इ.ई मा गाउँपालिका प्रथमलाई माथिल्लो बिष्शिट शिक्षाका लागि १००% छात्राबृती, उत्कृष्ट बिध्यालयहरुलाई पुरस्कृत लगाएतको काम छोटो समयमा गरिसकेको छ भने ऐन, नियमावलीलाई दिप्रुङ चुइचुम्माको माटो सुहाउँदो संशोधन तथा परिमार्जन समेत गरेको छ।



Jantedhunga
प्रतिक्रिया