विश्व पृथ्बी दिवस को अवसरमा स्वयम्भू परिसर सरसफाइ

Jantedhunga

काठमाडौं। विश्व पृथ्बी दिवस २०२४ को उपलक्ष्यमा स्वयम्भू परिसर सरसफाइ गरिएकाे छ । काठमाण्डौका विश्व सम्पदा सुचिमा रहेका ३ बटा  पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम अन्तर्गत आज  स्वयम्भू परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हाे ।

पृथ्वी दिवसको अवसर पारेर युनिभर्सल पिस स्यन्चुरी मार्फत  विभिन्न संघसंस्था तथा समाजको विभिन्न क्षेत्रका ब्यक्ति ब्याक्तित्व हरुको सहभगीतामा  पहिलो दिनको रसफाई कार्यक्रम सम्पन्न भएको हो।

तीनदिन सम्म संचालन हुने कार्यक्रम अन्तर्गत  आज (बैशाख ८ गते) स्वयंभु महाचैत्य परीसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बा का गुरू श्याल्पा रिन्पोछे, नेपाल सरकारका पूर्व मुख्य सचिब, पूर्व राजदुत एवं लीलामणि पौडेल ,काठमाडौं महानगरपालिका १५ का वडा अध्यक्ष  ईश्वर मान डङोल, वडा सदस्य बिजु श्रेष्ठ , युनिभर्सल पिस स्यान्चुरी को तर्फबाट यस सफाई कार्यक्रमका संयोजक छोईङ देचेन, फोहर मैला ब्यवस्थापन संघका महासचिव, परिवर्तन सेवा प्रा.लि का प्रबन्धक मीत्र प्रसाद घिमिरे ,क्लिन ईट अपसाईक्लर्स का प्रमुख कार्यकारी अधिकृत शशी किरन थापा ,बागमती अभियान  किसोर शाही , श्याल्पो गुन्बाका भिछुहरु ,अमेरिकन अम्बेसिका प्रतिनिधित्व ब्यक्तिहरु सहित थुप्रै यवा अभियन्ताहरु निस्वार्थ रुपमा सरसफाईको यश नयाँ मोडल जान्न र विभिन्न स्थानहरुमार्फत  सहभागी भएका थिए ।

गुम्बाका गुरु तथा संरक्षक श्याल्पा रिन्पोछे ले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पवित्र मातृभुमिको देश,तमोभुमिको देश नेपाल प्रकृतिले उपहार दिएको सुन्दर ठाउँ छ । त्यस ठाउँलाई सुन्दर र सफा बनाउनु हामी सबैको कर्तव्य र दायित्व भएको उहाँले बताए ।

सरसफाई कार्यक्रममा प्लाष्टिक, शिशा, कपडा लगायतका फोहोर हरु जम्मा गरिएको छ । जथाभावी फालिएका बोटल, प्लाष्टिकलगायतका फोहोरबाट प्रशोधन गरेर विभिन्न सामग्री बनाइ मोहोरमा परिणत हुने हुनाले छुट्टा छुट्टै संकलन गरिएको हो ।

भोलि ९ गते पशुपतिनाथ मन्दिर परिसर र १० गते बौध्द मन्दिर परिसर सफाई अभियान रहेको सरसफाई अभियान सम्वन्वयकर्ता नबिन विकास महर्जनले जानकारी दिएका छन ।

कार्यक्रममा बागमती सफाई महाभियान एबं सम्पुर्ण  नदि खोला स्थान अभियानहरुको सहभागिता हुने उक्त अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरक फरक ढंगले संकलन गरी व्यवस्थपान गरीने र अभियानकै रुपमा निरन्तरता दिईने बताईएको छ ।  

विश्व पृथ्बी दिवस २०२४ मा यसपालिको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ ।  नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको ,फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण  वन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान संचालन  गर्ने जनाएको छ ।

पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरीएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।

सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो  दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको  अवधारणाको लागि एक दिनको  माग गरेका  थिए ।   र पछी  अमेरिकी  सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन  देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको  थियो  । त्यसपछी  सन् २००९ मा राष्ट्र सङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।

विश्व पृथ्बी दिवस २०२४ यसपालिको नारा पृथ्वी र प्लास्टिक राखिएको छ । नेपालमा प्लास्टिकका अधिकतम प्रयोगले वातावरण प्रर्दुषण हुँदै गइरहेको छ ।

Jantedhunga
प्रतिक्रिया