सोलुखुम्बु : सोलुखुम्बुमा आफ्नै भिनाजुको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बस्ने ६० वर्षीय सुरेश बस्नेतको खुकुरी प्रहार गरी हत्या गरिएको हो ।
हत्या गरेको आरोपमा सोही गाउँपालिका २ बस्ने ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
Jantedhunga
sunday 21 jul 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो