धरानबाट लागुऔषध गाँजा सहित एकजना पक्राउ

Jantedhunga

बैशाख २६ गते ।

धरान।सुनसरीको धरान उप-महानगरपालिका-२० बाट  लागुऔषध गाँजा सहित प्रहरीले एकजनालाई   पक्राउ गरेको छ ।                                                             बैशाख २५ गते  बिहान १० बजे अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आदै गरेको को.१ ज २१७८ नम्बरको यात्रुबाहक बलेरोमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २४ बर्षीय दिपक मुडेललाई ४किलो ४०० ग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको हो।       अम्लिसो कुचो भित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको उक्त गाँजा सहित पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया