लामिछानेलाई १० दिनको म्याद थप

Jantedhunga

पोखरा ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १० दिनको म्याद दिएको छ। तेस्रोपटक म्याद थपका लागि प्रहरीले आज लामिछानेलाई अदालत लगेको थियो।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार गत १५ गतेदेखि लागू हुने गरी म्याद थप भएको हो। यस हिसाबले लामिछानेमाथि छानबिनका लागि अहिले थपिएको १० दिनको म्याद कात्तिक २५ गते नै सकिने छ। १५ गते नै म्याद सकिने भए पनि तिहारलगायत चाडपर्वका कारण अदालत बन्द भएपछि म्याद थप भएको थिएन। आज अदालत खुला भएसँगै म्याद थपका लागि लगिएको थियो।

लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए।

Jantedhunga
प्रतिक्रिया