दाङ- दाङमा आफ्नी नाबालिका छोरीलाई होटेलमा छोडेर आमा भागेकी छन्।
तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँकी २१ वर्षीया अमृता चौधरी आफ्नी दुई वर्षीया छोरी निशिता चौधरीलाई शुक्रबार बिहान लमही बजारस्थित एक होटलमा छाडेर सम्पर्कविहीन भएकी हुन् ।
प्रहरीले बालिकाको उद्धार गरि बुवा निर्मलजन चौधरीको जिम्मा लगाएको छ । प्रहरीका अनुसार अमृता गत असोजदेखि घरबाट छोरीसहित निस्किएकी थिइन्। अमृताका श्रीमान निर्मलजन चौधरीले प्रहरीमा खोजतलासका लागि निवेदन पनि दिएका थिए ।
बालिकाकी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी भागेर भारतीय नागरिक सुशान्त गुप्तासँग गएको खुलेको छ ।
Jantedhunga
saturday 24 feb 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो