प्रधानसेनापति र नेपालका लागि अष्ट्रेलियाका राजदूतबीच भेट

Jantedhunga

काठमाडौँ, १ साउनः प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फिलिसिटी भोल्कबीच भेट भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विविध विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।


Jantedhunga
प्रतिक्रिया