काठमाडौँ, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका छन् ।
इन्टरनेटको दुरुपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरु खेली/खेलाइ सहभागी भएकाले नेपाल राष्ट्र बैंकको नियमविपरीत गैरकानूनी रूपमा रु २४ करोड पन्ध्र लाख १७ हजार एक सय ३८ बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा उनलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।
Jantedhunga
friday 06 oct 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो