आज विश्व खाद्य दिवस मनाइँदै

Jantedhunga

काठमाडौं । आज (शुक्रबार) अक्टोबर १६, विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउने गरिन्छ ।

सन् १९४५ मा स्थापना भएको खाद्य तथा कृषि सङ्गठनको सम्झनामा सन् १९७९ नोभेम्बरमा सम्पन्न सङ्गठनको २०औँ सम्मेलनले अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

विश्व खाद्य दिवसको मुख्य उद्देश्य भोकमरी, गरिबी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नु हो ।

यस दिवसले खाद्य सुरक्षा, पोषण तथा दिगो कृषि प्रणालीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै सबैका लागि खाद्य अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ ।

Jantedhunga
प्रतिक्रिया