सुनसरी र भोजपुरबाट नियन्त्रित औषधीसहित सातजना पक्राउ

Jantedhunga

विराटनगर । सुनसरी र भोजपुरबाट नियन्त्रित औषधीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९ सय ५० क्याप्सुल, स्पास्पेन १ हजार ३ सय ५० चक्की र डिकोलिक ७० चक्कीसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान १५ का २२ वर्षीय गौरव चौहान, २० वर्षीया स्मृति राई, १८ वर्षीय सुजल सुन्दास, २२ वर्षीय युगल राई, धरान १७ का १९ वर्षीय विशेष राई र खोटाङ घर भई धनकुटा बस्दै आएकी २४ वर्षीय निरु राई रहेका छन् ।

त्यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका १ बाट डिकोलिक ५० र ट्रामानिल ५० चक्कीसहित धरान १६ का २४ वर्षीय रोहन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय घोडेटारले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया