पूर्वी नवलपरासीमा एकै ठाउँमा वेवारिसे नौं वटा बम फेला

Jantedhunga

जन्तेढुंगा न्युज डेक्स

खोटाङ । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडीगाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन् ।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो ।

भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला( हुन् । साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरेका छन् । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।


Jantedhunga
प्रतिक्रिया