आजको राशिफल : वि.सं. २०८१ चैत्र २२ गते शुक्रबार

Jantedhunga

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र २२ गते तद्अनुसार सन् २०२५ अप्रिल ४ तारिख शुक्रबार चैत्र शुक्ल पक्षको सप्तमी तिथि मृगशिरा नक्षत्र शोभन योग गर करण आनन्दादिमा मानस योग चन्द्रमा मृगशिरा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १८ः२२ मा हुनेछ ।

मेष( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

वृष( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

आज घरमा शुभकार्यको चर्चा चल्नेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागी भइएला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन( का, कि, कु, घ, ङ, छ, के, को, ह )

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज लाभहानि, सुखदुःख बराबरी रहनेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ, संयम रहनु होला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोले बाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

सिंह( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज विद्या र बुद्धिको विकास हुनेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ । अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

कन्या( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

तुला( र, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज तीर्थाटनको योग छ । घरमा अतिथिको आगमन हुनेछ । कार्य सम्पादनमा केही सहजता मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ । शेयर बजारमा पनि फाइदा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । सरकारी निकायको भय रहला । साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

धनु( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

आज अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

आज रोजगारको अवसर मिल्नेछ । परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।  आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

कुम्भ( गु, गे, गो, सा, सि, सु, से, सो, द )

आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । पुँजी बजारबाट लाभ नै मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।  नजिकका व्यक्ति टाडिन सक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला । साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

Jantedhunga
प्रतिक्रिया