ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बच्चाले लाइटर खेलाउँदा एउटा घर जलेको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आज दिउँसो लिम्बूका घरमा आगलागी भएको हो । बच्चाले लाइटर बालेर खेल्दा फुसको घरमा आगो लागेको हो ।
घरसँगै रहेको गाईगोठ पनि जलेर नष्ट भएको छ । घरभित्रको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन सबै सामान नष्ट हुँदा रु ५५ हजारभन्दा बढीको क्षति भएको बताइएको छ।
Jantedhunga
friday 16 feb 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो