दिप्रुङ चुइचुम्मामा नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघको पालिका अधिवेशन हुँदै।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघको प्रथम पालिका अधिवेशन हुने भएको छ।

गत पुस ५ गते बसेको निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघको आयोजक समितिको संयुक्त बैठकले  प्रथम पालिका अधिवेशन पौष २० गते शनिवार गर्ने निर्णय गरेको र सोही निर्णय अनुसार भोलि गाउँपालिकाको सभाहलमा बिहान ११.०० बजे खुल्ला सत्र कार्यक्रम उद्घाटन गरिने स्वास्थ्यकर्मी महासंघ आयोजक समितिका संयोजक सुरेश प्रधानले जानकारी दिए।

भोलि निर्धारित समयमा नै खुल्लासत्र कार्यक्रम सम्पन्न गरि बन्दसत्र कार्यक्रम गरिने निजामती कर्मचारी संगठन प्रथम अधिबेशन आयोजक समितिका सचिव एमनलाल श्रेष्ठले जानकारी दिए।

भोलि हुने अधिबेशनको सम्पुर्ण तयारी गरिसकिएको साथै कार्यक्रममा जिल्लास्थित निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघका नेताहरुको विशेष उपस्थिति रहने समेत सचिव श्रेष्ठले बताए। 



Jantedhunga
प्रतिक्रिया