जाजरकोट ।पेशागत महासंघ नेपाल कर्णाली प्रदेश समितिको आयाेजनामा फाल्गुन १५ र १६ गते विस्तारित वैठक तथा वृहद पेशागत भेला सम्पन्न भएको छ ।
पेसागत महासंघ नेपाल कर्णाली प्रदेश समिति अध्यक्ष खम वहादुर थापाको अध्यक्ष्यक्षतामा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं जाजरकोट जिल्ला ईन्चार्ज क कृष्ण कुमार वि.सीकाे प्रमुख आतिथ्यता , कर्णाली प्रदेश सभा सदस्य एवं समिति का सभापति माननीय कल्याणी खड्का र पेशागत महासंघ नेपालका राष्ट्रिय समिति का उपाध्यक्ष क. किशोर नेपालीको विशेष आतिथ्यता र एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रीय उपाध्यक्ष भिम वहादुर विष्ट,महासचिव प्रकाश राई,सचिव तिर्थराज जिसी ,कमल वहादुर विश्वकर्मा ,पेशागत महासंघ नेपाल राष्ट्रिय समिति का सदस्य अमृता रावत,दिपा थापा र कृषि तथा पशुपंक्षी पेशाकर्मी एशाेशियसन नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर विश्वकर्माकाे आतिथ्यतामा महासंघको र एकीकृत सरकारी कर्मचारी संगठन नेपालकाे प्रदेश वैठक सम्पन्न भएको छ ।
दैलेख ,जाजरकोट ,सुर्खेत ,मुगु,सल्यान र रूकुम पश्चिम वाट पेशागत महासंघ मा आवद्द घटक संस्था का करिव ६० जनाको सहभागितामा भेला सम्पन्न भएको हाे ।
भेलावाट एकीकृत सरकारी कर्मचारी संगठन कर्णाली प्रदेश समिति काे पुनर्गठन भई अध्यक्ष मा देव वहादुर वुढा र महासचिव मा विरेन्द्र मल्ल निर्वाचित भएका छन । भेलाले सवै जिल्ला मा एक महिना भित्र विस्तारित वैठक सम्पन्न गरि घटक संस्था हरूकाे गठन तथा पुर्नगठन गर्ने निर्णय भएको छ । भेलाकाे व्यवस्थापन जाजरकोट पेशागत महासंघ नेपाल जिल्ला समिति र छेडागाड नगरपालिकाका कर्मचारीहरुकाे सहयोग सम्पन्न भएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो