काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । महाशाखाले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने देशभरका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।
सोमबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ । त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा राति मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले जनाएको छ ।
Jantedhunga
monday 15 jul 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो