त्रियुगा नगरपालिका राजस्व शाखा प्रमुख पक्राउ

Jantedhunga

 गाईघाट।उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा प्रमुख नायब सुब्बा गुरु प्रसाद ढकाललाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।

 नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको कीर्ते हस्तारक्षर गरेर आर्थिक अनियमितता  गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले ढकाललाई पक्राउ गरि कार्वाही गर्न प्रहरीलाई पत्राचार गरेपछि  १महीना अघि नै पक्राउपुर्जी जारी भएपनि ढकाल फरार भएका थिए। 

 ढकाललाई पक्राउ पछि  अदालतबाट पाँच दिनको म्याद थप गरि  थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।

Jantedhunga
प्रतिक्रिया