जसपा बाहिरिने भएपछि कोशी प्रदेश सरकार संकटमा

Jantedhunga

जन्तेढुंगा सवाददाता

काठमाडौं । नेकपा (एमाले) नेतृत्वको एकमात्रै प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । जनता समाजवादी पार्टी, नेपाल समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि कोशी प्रदेश सरकार संकटमा पर्ने संकेत देखिएको हो ।  जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ । 

बुधवार समर्थन फिर्ता लिँदै जसपा सरकारबाट बाहिरिए पनि कोशी प्रदेश सरकार तत्काल अल्पमतमा भने परेको छैन । नेकपा माओवादी केन्द्रले सरकार नछाड्दासम्म सरकारसँग बहुमत कायम रहन्छ । 

तर, माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्केलगत्तै आफूहरू सरकारबाट बाहिरिने माओवादीका एक नेताले बताए । ‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री चार दिने भारत भ्रमणमा आज मात्रै निस्कनु भएको छ,’ प्रदेश सांसदसमेत रहेका रउनले भने, ‘हामी पनि उहाँ आएलगतै सरकारबाट हट्छौ ।’

माओवादीले साथ छोड्दा भने कार्की सरकार अल्पमतमा पर्ने छ । कोशीमा एमालेको ४० र राप्रपाका ६ जना सांसद छन् । बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । 


Jantedhunga
प्रतिक्रिया