पूर्व सभामुख ढुंगानाकोे संसदले बनाएको कानुन भन्दा बाहिरबाट प्रशासन चलेको आरोप

Jantedhunga

जन्तेढुंगा संवाददाता

काठमाडौं ।  पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानून भन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदले बनाएको कानूनबाट प्रशासन नचलेको बताए ।

उनले संसदले यसबारेमा ध्यान दिन नसकेको बताए । उनले राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको बताए । उनले संसदले बनाएका कानून प्रशासनले नमान्नु भनेको संसदको अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताए ।

‘कानून किन बनाउनुपर्ने जनप्रतिनिधिले सार्वभौम जनप्रतिनिधिले भने त्यो भन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानून, नियमावली, आदेश केही पनि संसदले बनाएको विधेयक भन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर’ उनले भने, ‘तर अहिले म सुन्दैछु, संसदले एउटा कानून बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको छ । त्यो हेर्ने को हो रु  तपाईहरु संसदले हेर्ने होइन ।’

Jantedhunga
प्रतिक्रिया