केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

Jantedhunga

काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय चन्द्र दमाई केसी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केसी २०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका केसीलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया