बिराटनगर, बैशाख ०२ गते ।झापा र सुनसरी जिल्लाको अलगअलग स्थानमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो(सनिवार ) राती साढे ११ बजे झापाको कमल गाउँपालिका- ३ मा बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्कि दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ४ का २७ बर्षीय पिरती भन्ने विष्णु लिम्बु र मोटरसाईकलमा पछाडी सवार १५ बर्षीय बिपल नेपाल घाईते भएका थिए । घाईते उनिहरुलाई उपचारको लागी BNC अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउन साथ लिम्बुको मृत्यु भएको हो । सनिवार नै सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ मा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को.३६ प २५६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा झरी दुर्घटना हुँदा मोटरसाईकल चालक बराहक्षेत्र- ७ का २० बर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भएको थियो। भने दुर्घटनामा घाइते भएका मोटरसाईकलमा पछाडी सवार २३ बर्षीय बिशाल कोइरालाको धरानमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानुनि प्रकृया अगाडि बढाइएको कोशी प्रदेश प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो