दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सम्बन्धित बिज्ञ बोलाएर शिक्षक क्षमता विकाश तालिम दिदै ।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामुदायिक बिध्यालयमा कार्यरत शिक्षकहरुको लागि क्षमता विकाश तालिम संचालन गरेको छ। 

आज मंसिर २९ गते गाउँपालिकाले गाउँपालिका भित्रको ४९ ओटै सामुदायिक बिध्यालयहरुका प्र.अ. र गणित विषय शिक्षकहरुका लागि क्षमता बिकाश तथा शैक्षिक गुणस्तर अभिबृद्दी गर्न भन्दै दुई दिने तालिम संचालन गरेको हो। 

निरन्तर बिध्यार्थी मुल्यांकन र गणित विषयको ब्यबहारिक शिक्षणको लागि विभिन्न प्याकेज अन्तर्गत आज पहिलो प्याकेजको दुई दिने तालिम गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता र शिक्षा बिद् जयकुमार राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो। उद्घाटन सत्रको संचालन मणिकुमार गिरी र बिध्यालय निरीक्षक रणशेर तामाङले स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए। वरिष्ठ शिक्षक तथा राम्चे निकेतन मा.बि. इजाराका प्र.अ. इश्वर कुमार लम्साल, वडा नं. ३ का वडाध्यक्ष भुपेन्द्र बस्नेत, वडा नं. ५ को वडाध्यक्ष डम्बरबहादुर खड्का, उपाध्यक्ष अरुणा थापा मगरले आफ्नो धारणा राखेका थिए। साथै उद्दघाटन सत्र प्रमुख अतिथिको रुपमा संबोधन गर्दै दिप्रुङ चुइचुम्मा गाउंपालिकाको माटोमा जन्मिएका शिक्षा बिद् जयकुमार राईले शिक्षालाई प्रयोगात्मक र ब्यबहारिक बनाई अनुसन्धानसंग जोड्नु पर्ने बताए। भने सम्बन्धित विषय बिज्ञ नारायण कुमार श्रेष्ठ र सिद्धराज मिश्रले तालिमको सहजीकरण गरेका थिए।

उद्दघाटन सत्र समापनमा आफ्नो धारणा राख्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले गणित विषयको नतिजा सुधार र ब्यबहारिक निरन्तर बिध्यार्थी मुल्यांकन प्रणालीलाई ब्यबस्थित गर्न शिक्षक क्षमता विकाश तालिम आयोजना गरिएको बताए। अध्यक्ष राईले भने "स्थानीय सरकारले सामुदायिक बिध्यालयहरुको भौतिक विकाशमा जोड दिइरहेकै छ तर यतिले मात्र हाम्रो बालबालिकाहरुलाई भने जस्तो शिक्षा दिन सकिदैन।" शिक्षकहरुको ज्ञान, सीपलाई समेत युग सुहाउँदो गरि अध्यावधिक गर्नु पर्ने र सिकेका ज्ञान सिपलाई शिक्षकहरुले कक्षा कोठामा प्रयोग गरि परिणाममा सुधार आए मात्र क्षमता बिकाश तालिमको औचित्य पुष्टि हुने बताए।


Jantedhunga
प्रतिक्रिया