वास्तवमा प्रेमको सागर परमपिता परमात्मा मात्र हुनुहुन्छ । उनको जस्तो प्रेम दुनियामा कोही दिन सक्दैन । उनले दिएका शिक्षा ग्रहण गरे पछि श्रीकृष्णको ध्रुव पद पाउने प्रथम आत्मा ब्रह्माको नै हो ।
यो रहस्य देहधारी मनुष्य खोल्न सक्दैन । यसको लागि विदेह परमात्मा नै यो दुनियामा आउनु पर्छ । जब देह अभिमानी भइसकेका सम्पूर्ण मनुष्य विषय विकारमा डुबुल्की मार्न उद्यत रहन्छन्, घमण्डले चूर चूर भइसकेका हुन्छन्, विश्व परिवर्तनको घडी आइसकेको हुन्छ, हर मनुष्य विनाशलाई प्राप्त हुने बेला भएको हुन्छ - तब नै एक साधारण मनुष्यको शरीरलाई आधार बनाएर परमात्माको अवतरण हुन्छ ।
त्यो साधारण मनुष्य शरीरधारीलाई ब्रह्मा नाम दिनुहुन्छ । त्यहीं ब्रह्माबाट सृष्टिको पुनरुत्थान शुरु हुन्छ । यसको लागि ब्रह्मामुख द्वारा परमात्मा प्रेम भरिएको शिक्षा दिनुहुन्छ ।
तर त्यो शिक्षा र सिख बुझ्ने क्षमता हामी आत्माहरुमा पनि हुनु पर्छ, तब उनको शिक्षाका भाव भंगीमा बुझ्न सकिन्छ। त्यो योग्यता पाउन आफ्नो जीवन जति सात्विक बनाइन्छ, उति नै योग्यता वृद्धि हुँदै जान्छ । त्यसैले हर कोही भगवान संग भेट्ने इच्छा हुँदा हुँदै पनि भेट्न सक्दैनन् । भेट त समान योग्यता भएकाहरुको हुन्छ ।
देहको बन्धनमा परेको देहधारी प्रथम विश्व राज कुमार श्रीकृष्ण संग नै भेट्न सक्दैनन्, भगवानको कुरा त परै रहन्छ ।
लेखक : खेमराज राई, जन्तेढुंगा १ (हाल भारत)
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो