काठमाडौं, वैशाख १३ गते । नेकपा (एमाले) संसदीय दलको बैठक आज दिउँसो २ः१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संसदको हालको अवस्था, विधेयकहरूमा पार्टीको धारणा तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। एमालेले हालै केही विधेयकमा असहमति जनाउँदै आएको छ, जसलाई लिएर आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ।
संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा सबै सांसदहरूको उपस्थिति अपेक्षित गरिएको छ। पार्टी स्रोतका अनुसार, बैठकमा आगामी संसद् अधिवेशनको तयारी, शिक्षक आन्दाेलन र सम्भावित राजनीतिक गठबन्धनसम्बन्धी विषय पनि छलफलमा आउनेछ।
यस बैठकलाई आगामी राजनीतिक समीकरण र एमालेको रणनीति तय गर्ने दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।
Jantedhunga
saturday 26 apr 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो