काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।
यस अघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन् । अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरेको र केही बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।
Jantedhunga
monday 22 jul 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो