ड्युटीमा खटिएकी महिला प्रहरीको गोलि हानि हत्या

Jantedhunga

दाङ : दाङ घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी  महिला प्रहरीलाई श्रीमानले गोली हानेका छन् । 

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकै श्रीमान प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । 

ड्युटीमा  खटिरहेकी महिला प्रहरी थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए । 

तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर बिहीबार नै  घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । घटना बिहीबार करिब साढे ७ बजे भएको हो । गोली हानेर भाग्दै गरेका यमबहादुरलाई लमही अर्जुनखोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया