काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने र उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो।
कार्कीलाई पदबाट हटाएसँगै सरकारले एआईजी केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको छ।
प्राप्त विवरणअनुसार पछिल्लो समय सरकार र आईजीपी कार्कीबीच विभिन्न विषयमा मतभेद देखिँदै आएको थियो। विशेषगरी सञ्चारगृहहरूमा प्रहरी प्रवेश गराइएको विषयलाई लिएर सरकार र प्रहरी नेतृत्वबीच असहमति बढेको बताइएको छ।
कार्कीलाई हटाउने विषयमा सरकारले यसअघि पनि तयारी गरेको भए पनि विरोधका कारण निर्णय रोकिएको थियो। पछिल्लो घटनाक्रमसँगै सरकारले प्रहरी नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो