काठमाडौँ, ३ साउन : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ ।
अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जनगरी पठाएको विप्रेषणबापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र उक्त सकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न अनुरोध गरिएको सीआइबीले जनाएको छ ।
विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतङ्कारी क्रियाकलापमा लगानी र अभौतिक मुद्रामा लगानी गर्ने साथै सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको भन्दै यस्ता गैरकानुनी कार्यको हिस्सेदार नबन्न पनि अनुरोध गरिएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । प्रक्रियाबाट रकम आएको हो वा होइन रूजु गर्न र अवैध प्रक्रियाबाट निक्षेप भएको भए सम्बन्धित निकायमा वा यस प्रहरी कार्यालयमा जानकारी दिन सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।
साथै त्यस्तो अवैध प्रक्रियाको हिस्सेदारी नबन्न, वैध प्रक्रियाबाट मात्र रकमको कारोबार गर्न र वैध भए नभएको सुनिश्चित गर्न सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो