बैशाख ५ गते ।
बिराटनगर ।झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (मंगलबार ) साँझ झापाको मेचीनगर नगरपालिका-६मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका ताप्लेजुङ फक्ताङलुङ-५ का २५ बर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसै गरी सुनसरीको कोशी गाउँपालिका-१मा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को. ३५प ५५३४ नम्वरको मोटरसाईकल चालक कोशी गाउँपालिका-१ का २३ बर्षीय सुभाष कुमार यादबलाई २८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। सोही स्थानबाट प्रदेश १-०२-०४७ प ४७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका रामधुनी-३ का सबिन चौधरी रकोशी गाउँपालिका-१ का १९ बर्षीय रन्जन कुमार यादवलाई १ ग्राम २० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरु माथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो