जलविद्युत परियोजनाबारे राष्ट्रपतिको चासो

Jantedhunga

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिंचाई मन्त्री दिपक खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिनुभएको छ ।  

सोमवार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिनुभएको हो । पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निमार्ण कार्यको प्रगति विवरणको जानकारी लिदैँ समय मैं सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको स्वकीय सचिवालयले जनाएको छ । यस्तै उहाले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेघावाटको तल्लों सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिनुभएको छ । राष्ट्रपति पौडेलले  जलविद्युत  परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि  चासो राख्नुभएको स्वकीय सचिवालयले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया