मोरङको सुन्दरहरैचा बाट लागुऔषध गाँजा सहित चारजना पक्राउ

Jantedhunga

बैशाख २४ गते ।

बिराटनगर ।मोरङको सुन्दरहरैचा नगरपालिका- ७ बाट प्रहरीले  लागुऔषध गाँजा सहित ४ जनालाई  पक्राउ गरेको छ ।

हिजोआइतबार ) राती साढे ९ बजे स्थानीय   देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरु लाई पक्राउ गरेको हो। चौधरीको घरमा  दुर्गा  प्रसाद फुयाललाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआएको थियो।  खोजतलासका क्रममा  खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक केरावारी- ४ का ३१ बर्षीय सुविन राई र पछाडी सवार केरावारी- ५ का १९ बर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा सहित उनीहरु लाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया