विराटनगरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा होटेल संचालक पक्राउ

Jantedhunga

विराटनगर : विराटनगरमा  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना होटेल सन्चालक लाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ४ नोबेल अस्पताल नजिकको माँ पाथीभरा होटलका सञ्चालक ५० वर्षीय केदार सेडाईंलाई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

मोरङको केराबारी घर भएकी १५ वर्षीया बालिकालाई आफ्नो होटलमा ल्याएर यौन दुर्व्यवहार गरेको आरोपमा सेडाईंलाई पक्राउ गरिएको हो ।

शुक्रबार बिहान ११ बजेतिर बालिकालाई दुर्व्यवहार गरेको भनेर उनीविरुद्ध किटानी जाहेरी परेको डीएसपी बस्नेतले बताए ।

स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पूरा गरेर   सेडाईंलाई  जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा  राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया