काठमाडौंः नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिवार स्थिर रहेको सुनको मुल्य आज तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
Jantedhunga
friday 13 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो