बैशाख २२ गते ।
बिराटनगर ।मोरङको रतुवामाई नगरपालिका- ६ बाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित एकजनालाई पक्राउ गरेको छ । हिजो(शुक्रबार ) बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री भारत अररियाका ३४ बर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैँया सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सिद्दिकीलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
saturday 04 may 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो