काठमाडौ ।नेपाल -जापानबीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको ७ दशक पुग्न लागेको छ भने नेपाल र जापानबीच अनौपचारिक सम्बन्ध कायम भएको शताब्दिऔँ भइसकेको छ। नेपालप्रति असल र मित्रवत् व्यवहार गर्न रुचाउने जापान र नेपालबीच आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, जलाधार संरक्षण, खानेपानीको व्यवस्थापन, विमानस्थलको स्तरोन्नति लगायत क्षेत्रमा मात्रै हैन धार्मिक एवं सांस्कृतिक आदान–प्रदानका दृष्टिकोणले समेत परम्परागत सम्बन्ध रहिआएको छ। नेपाल -जापान बिच सरकारी स्तरमा मात्र हैन जनस्तरमा समेत घनिष्ठ सम्बन्ध रहदै आएको छ। यसैबीच आज पौष ७ गते ( 22 december 2024) प्रज्ञा भवन काठमाडौमा नेपाल - जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जापानका लागि नेपाली राजदूत दुर्गा सुवेदीको सुझाव,र सहजीकरणमा जापानी कलाकारहरुको समूह sunday. co.ltd को आयोजनामा सम्पन्न कार्यक्रममा ख्यातीप्राप्त जापानी तथा नेपाली कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुती रहेको थियो। उक्तअवसरमा जापानी कलाकारहरूले परंरागत जापानी कला संस्कृति तथा राष्ट्रियता संग सम्बन्धि बिशेश प्रस्तुतिका साथै मनोरञ्जनात्मक गित संगीत प्रस्तुत गरेका थिए भने नेपाली कलाकारहरूले विभिन्न राष्ट्रिय गीत तथा नेपाली गीत संगित प्रस्तुत गरेका थिए। प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान र बिशेश अतिथिपूर्वमन्त्री तथा एमाले नेता मोहन बानियाँले पानसमा बत्ति बालेर उद्घाटन गरेको कार्यक्रमको सुरुमा दुबै देशको राष्ट्रिय गित प्रस्तुत गर्नुको साथै पन्डित रवीन्द्र तिमिल्सिना .को समुहले स्वस्ती वाचन गरेका थिए। कार्यक्रमका नेपाल संयोजक डा.उत्तम लामिछानेको अध्यक्षतामा संपन्न कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री भिमसेन दास प्रधान ,बिशेश अतिथि पूर्व मन्त्री मोहन बानियाँ तथा अतिथि हरुमा पूर्व पुर्वसांसद तथा सनातन अभियान्ता डा.शंकर पान्डे,लोकतान्त्रिक पत्रकार मञ्च नेपालका अध्यक्ष , मातृका पोखरेल ,जननी जननी जन्मभूमि नेपालका अध्यक्ष सुरेन्द्र कुमार रेग्मी,इन्जिनियर सुवास पौडेल रिपोर्टर क्लबका अध्यक्ष ऋषि धमला, महर्षी दिपक प्रतिस्ठानका अध्यक्ष तपस्वी गुरु दिपक बानियाँ गैर आवासीय नेपाली संघ,जापानका प्रतिनिधि चिरञ्जीवी थापा लगायत अतिथि हरुको उपस्तिथि रहेको थियो। कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि भिमसेन दास प्रधान ,बिशेश अतिथि मोहन बानियाँ, सनातन अभियान्ता डा.शंकर शर्मा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायत बक्ताहरुले नेपाल -जापान राजनीतिक तथा सांस्कृतिक सम्बन्धका बिषयमा चर्चा गरेका थिए। राजु बस्यालले सन्चालन गरेको कार्यक्रममा कार्यक्रमका नेपाल संयोजक तथा सभा अध्यक्ष डा. उत्तम लामिछानेले यस प्रकारका कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने भन्दै समन्धित सबै पक्षलाई धन्यवाद दिएका थिए।
Jantedhunga
Jantedhunga
sunday 22 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो